Home » News & Blogs » प्रेस विज्ञप्ति: कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै!
Bookmark and Share
Nepal Astronomical Society (NASO)

प्रेस विज्ञप्ति: कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै!

18 Sep 2021, 05:02 UTC
प्रेस विज्ञप्ति: कक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै!
(200 words excerpt, click title or image to see full post)

मिति: असोज २, २०७८ प्रेस विज्ञप्तिकक्षा ६-१२ सम्म अध्ययनरत विद्यार्थीका लागि प्रतियोगिता हुँदै नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) तथा विश्व विज्ञान दिवस (नोवेम्बर १०) को संदर्भ परेर संचालन गर्दै आएको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको लागि विद्यालयतहको कक्षा ६ देखि १२ सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुले असोज ९, २०७८ सम्म हाम्रो वेइभसाइट मार्फत आफ्नो आवेदन दर्ता गर्न सक्नेछन।दुवै प्रतियोगिताका लागि यो वर्षको शिर्षक 'अन्तरीक्ष विज्ञानमा महिला' तय गरिएको छ। इच्छुक विद्यार्थीहरुले यसै शीर्षकमा केन्द्रित रहेर आफ्नो रचना अनलाइन फारम मार्फत हाम्रो कार्यालयमा पठाउन पर्नेछ। यो वर्षबाट वक्तृत्वकलामा विद्यार्थीहरूको रचनात्मक प्रस्तुतिलाई स्थान दिन भिडियो संपादन गर्न छुट दिइएको छ। त्यस्तै चित्रकलाका सम्बन्धमा पनि विद्यार्थीहरुले आफ्नो रचनालाई बढीमा एक मिनटमा व्याख्या गरेको भिडियो बनाएर पठाउनुपर्नेछ। यसरी प्राप्त रचनाहरूमध्ये उत्कृष्ट रचनाहरू नेपाल एष्ट्रोनोमिकल सोसाईटीको आधिकारिक युट्युब च्यानलमा जनमतको लागि राखिनेछ। पुरस्कार संबन्धि निर्णय गर्दा ५०% जनमत तथा ५०% निर्णायक मण्डलको मूल्याङ्कनलाई आधार बनाइनेछ।प्रतियोगितामा आवेदन गरिएका रचना प्रतियोगिता अवधिभर अन्य कुनै स्थानमा सार्वजनिक गर्न पाइने छैन। यस्तो गरेको पाईएमा उक्त रचना प्रतियोगिताबाट हटाइनेछ। यी दुवै प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी भाईबहिनीहरुलाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्र प्रदान गरिनेछ।पाचौं राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थी भाईबहिनीहरुले आवेदन दिन सक्नेछन । ...

Latest Vodcast

Latest Podcast

Advertise PTTU

NASA Picture of the Day

Astronomy Picture of the Day

astronomy_pod